Swornakshar Logo

पूर्व सीईओसहित ११ जना पक्राउ

५ असोज । काठमाडौं । पाँच करोड रुपैयाँ ऋण दुरुपयोग गरेको आरोपमा बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठसहित ११ जनालाई शुक्रबार राति छुट्टाछुट्टै स्थानबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) पक्राउ गरेको हो ।

पुर्ख्यौली घर हेटौंडा भएका पूर्व सीईओ श्रेष्ठले झापाको जग्गा धितो राखेर बैंकबाट ऋण चलाएका थिए । लुम्बिनी बैंक मर्ज हुनुअघि नै ऋण दूरुपयोग भएको हो ।

उनले ऋण लिँदा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली भएको पुष्टि भएको छ । सुरेन्द्रले ऋण तिर्न छाडेपछि बैंकले सम्पति लिलामी गरेर उठाउन खोजेको थियो । उनले राखेको धितो बैंकले खोज्दै जाँदा खोलाको बगर भेटिएको थियो ।

श्रेष्ठले राखेको कागजपत्र सबै नक्कली भएको पुष्टि भएपछि बैंकले ’किर्ते’ कागजपत्र बनाएको भन्दै प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो । पक्राउ पर्नेमा बैंकका बहालवाला केही कर्मचारी समेत रहेका छन् भने केही पुर्व कर्मचारीहरुको पनि मिलोमतो छ ।

सीआईबीका प्रमुख डिआईजी निरजबहादुर शाहीले बताए अनुसार
पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी लगायत रहेका छन् ।