Swornakshar Logo

नेकपाले टुंग्यायो महानगरका अध्यक्ष र सचिव काठमाडौंमा निर्मल देउला

४ असोज । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरका छ वटा महानगरमा पार्टीका अध्यक्ष र सचिवको टुगो लगाएको छ । ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई मनोनित गरेको छ।

ललितपुर महानगरमा अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य मनोनित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा भएका छन्।

यस्तै, सचिवालय बैठकले वीरगंज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा विश्वम्बर शर्मा मनोनित भए भने विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिव हेम कार्की मनोनित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

‘बाँकी सांगठनिक कामहरू छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउँछ,’ श्रेष्ठले पत्रकारहरूसँग भने।