Swornakshar Logo

यी ७ तरिकाबाट सुर्धानुहोस् जिद्दी बच्चालाई

२४ भदौ । काठमाडौं । बच्चाको पहिलो गुरु भनेकै आमाबुवा हुन् । हरेक आमाबुवा आफ्ना बच्चा सफल हुन् र आज्ञाकारी बनुन् भन्ने चाहन्छन् ।

आजभोलि बच्चा सानै उमेरबाट आफ्नो अभिभावकका कुरा पालना गर्नु भन्दा उल्टै जिद्दी हुदै आएका छन् । कहिले काही बच्चाका कारण आफ्ना आफन्त तथा छरछिमेकहरु संग मनमुटाब हुने गर्दछ ।

आफ्नो बच्चा जिद्दी हुँदै गएको वा स्वभाव परीवर्तन हुँदै गएको छ भने यी टिप्सलाई पालना गर्नुहोस्, केही हदसम्म तपाईका लागी उपयोगी हुनेछ ।

१. पिट्न छाड्नुस्
यदि तपाईको बच्चाले तपाईले भनेको मानेन , चकचक गर्यो वा जिद्दी गर्न थाल्यो भने पनि पिट्नु हुदैन । पिटेर बच्चा सुध्रिदैनन्, बरु उल्टै बच्चाको मानसिकतामा नकारात्मक असर पार्दछ । बच्चाको मनमा जे गरेपनि पिटाई खाइन्छ भन्ने मानसिकता बस्न सक्छ र उ झन् जिद्दी हुन थाल्छ । त्यसैले बच्चा सुर्धाने भनेर पिट्न छाड्नुस् ।

२. बच्चाको साथी बन्नुहोस्
बच्चाको मन कोमल र सफा हुन्छ, त्यसैले बच्चालाई माया र प्रेमपूर्वक सम्झायो भने उसले हरेक कुरा सजिलै रुपमा बुझ्दछ । कुनै कुरा बुझाउने नाममा ठूलो स्वर गरेर धम्काएर उसलाई नियन्त्रणमा राख्न नखोज्नुहोस् । जिज्ञासु स्वभावका बच्चा नियन्त्रण गर्न उसको साथी बन्न आवश्यक छ ।

३. बच्चाको इच्छा बुझ्नुहोस्
बच्चाको मन कौतुहलता र चञ्चलताले भरीएको हुन्छ । उनीहरु झिलिमिलि भएका सामानहरु मन पराउछन् । त्यसैले आफ्नो बच्चालाई के मन पर्छ भनेर बुझ्न आवश्यक छ । उसले खेल्न मन गरेको समयमा आफुसमेत लागेर खेल्नुपर्दछ । खेल खेल्दा खेल्दै ज्ञान सिकाउन समेत सकिन्छ । यसले गर्दा तपाईको बच्चाले तपाईको कुरा निकटबाट सुन्दछ र बिस्तारै उसको जिद्दीपना कम हुँदै जान्छ ।

४. सही शारीरिक भाषा
केही बच्चाहरु यति हदसम्म हुन्छन् कि जति माया गरे पनि जति सम्झाए पनि कुरा नबुझ्ने र झन् अटेरि गर्ने खालका हुन्छन् उनीहरुको जिद्दीपना यति बढ्छ कि सामान फ्याक्ने भुईमा सुत्ने जस्तो स्वभाव देखाउने गर्दछन् । यस्तो अवस्थामा उनीहरुलाई सम्झाउने भन्दा केहि बेर एक्लै छाड्नु प्रभावकारी हुनसक्छ । यसो गर्नाले आमाबुवाले गल्ति गरे सजाय पनि दिन सक्छन् भन्ने बच्चाको मानसिकतामा पर्न सक्छ ।

५. रोलमोडल बन्नुस्
हरेक दिन बच्चालाई खेल्ने, घुम्ने तथा पढ्ने समय छुट्याउनुहोस् । समय तालिकामा काम गर्न बानी बसाउनुहोस् । यस्तो गर्नाले बच्चालाई हरेक दिन केही न केही नयाँ कुरा सिक्न मद्धत गर्छ । यदि तपाई ब्यस्त हुनुहुन्छ भने पनि हरेक साता एक दिन बच्चाका लागि समय निकाल्नुस् । ताकि बच्चाले एक्लोपनको अनुभव नगरोस् । यसले तपाई र बच्चाको सम्बन्ध झन् सुमधुर बनाउँछ । नत्र अभिभावकले समय छुट्ट्याउन नसक्दा बच्चाले आफूलाई हेला गरेको ठान्दछन् ।

६. उपहार दिने गर्नुस्
बच्चाको जिद्दीपना कम गर्न उसलाई भनेको कुरा पालना गर्न लगाउने गर्नुपर्छ यसका लागि बच्चाले अटेरी गरे । असर नपर्ने गरि सानो सानो सजाय दिन सकिन्छ । तर यदि बच्चाले समयमा होमवर्क सके, आज्ञा पालन गरे बच्चालाई केही साना उपहार दिने गर्नुस् । यसले बच्चाले आमाबुवको कुरा माने उपहार पाइने र अटेरी गरे सजाय पाइने ज्ञान पाउँछ । साथै आफ्नो बच्चाको बारेमा अरुसंग पनि खुलेर प्रसंशा गर्नुहोस् ।

७. फकाएर सम्झाउनुहोस्
यदि तपाईको बच्चाले गलत गर्यो वा भनेको मानेन भने त्यसको हानि बारे उसलाई फकाएर सम्झाउनुहोस् । जिद्दी गर्ने बच्चा प्रति आँखा तर्ने गालि गर्ने वा पिट्नु भन्दा सबैभन्दा उत्तम उपाय भनेको फकाएर सम्झाउनु हो । साथै बच्चालाई अरु कोहिसंग तुलना नगर्नुहोस् । उसकै अगाडिका राम्रा बानिलाई उदाहरण दिनुहोस् । यसो गर्नाले उसको जिद्दीपना नियन्त्रण हुँदै जानेछ ।