Swornakshar Logo

सीता एयरको विमान इन्जिन फेल भएर पनि सुरक्षित अवतरण

१८ भदौ । काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको विमानको इन्जिन उडिरहेको समयमा फेल भएको थियो ।

लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एउटा इन्जिन उडिरहेको समयमा फेल भएको थियो । एउटा इन्जिन फेल हुँदा पनि चालकले सो जहाजलाई सुरक्षित रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउन सफल भएका हुन् ।

बुधबार बिहान पौने ९ बजे विमानले आकस्मिक अवतरण गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताएका छन् । सो जहाजमा चालक दलका सदस्य मात्रै थिए ।