Swornakshar Logo

ट्रिपर दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु

१८ भदौ । काठमाडौं । कैलालीको चुरे गाउँपालिकामा ट्रिपर दुर्घटना भएर एक जनाको मृत्यु भएको छ । चुरे गाउँपालिका–६ धप्रेनीमा से १ क ६९७ नम्बरको ट्रिपर दुर्घटना हुँदा सोहीठाउँका ३० वर्षीय नरेन्द्र थापाको मुत्यु भएको कैलाली प्रहरीले बताएको छ ।

ट्रिपर अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ ।