Swornakshar Logo

हेटौडामा शैक्षिक सहयोग अक्षयकोष स्थापना

१७ भदौ । हेटौंडा । आज मंगलबार मकवानपुरमा शैक्षिक सहयोग अक्षयकोष नेपाल नामक संस्था स्थापना भएको छ । दर्ता भएको छ । शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यकासाथ अक्षयकोष दर्ता गरेको स्थापना गरिएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा संस्थाको दर्ता गरिएको छ । हेटौंडा–२ मा कार्यालय रहने गरि कोष दर्ता गरिएको तदर्थ समितका संयोजक रघुनाथ खुलालले जानकारी दिए।
संंस्थाको दर्ता नं १९२८ रहेको खुलालले जानकारी दिए । आर्थिक, सामाजिक रुपले पछाडी परेका वर्गका बालबालिका र विभिन्न कारणले आमाबाबु गुमाएका बालबालिकाहरुले आफ्नो पठनपाठन अगाडि बढाउन सकुन् भन्ने उद्देश्यकासाथ अक्षयकोष स्थापना गरिएको खुलालले बताए । सबैका लागि शिक्षा भन्ने मर्मलाई सार्थक बनाउने तथा सरकारलाई सहयोग पु¥याउने उद्देश्यकाले कोषको स्थापना गरिएको हो । तत्काल एक करोड रुपैयाँको अक्षयकोष बनाउने तथा प्रत्येक वर्ष कोष बृद्धि गर्दै जाने लक्ष्य लिइएको खुलालले बताए।