ताजा अपडेट
समाचार

९ घण्टाका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने

९ घण्टाका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने
Chinese President Xi Jinping attends a Russian-Chinese energy and business forum on the sidelines of the St. Petersburg International Economic Forum (SPIEF), Russia June 7, 2019. REUTERS/Maxim Shemetov

१६ भदौ । काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका छन् ।

चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् । राष्ट्रपति सी जिनपिङ पहिले भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किने बेला ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले बताएको छ ।

उनको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…