Swornakshar Logo

९ घण्टाका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने

१६ भदौ । काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका छन् ।

चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् । राष्ट्रपति सी जिनपिङ पहिले भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किने बेला ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले बताएको छ ।

उनको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने बताइएको छ ।