Swornakshar Logo

नेकपा मकवानपुरद्धारा महिला चालक सम्मानित

१४ भदौ । हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला कमिटीले महिलाहरुको महान चाड हरितालीका तिजकाृ अवसरमा जिल्ला भरिका महिला चालकहरुलाई नगद र प्रमाण पत्रसहित सम्मान गरेका छन् ।

उक्त कार्यक्रममा मकवानपुरका ८७ जना सवारि चालक महिलाहरु सम्मानित भएका छन् । कार्यक्रमकी प्रमुख अतिथी नेकपाकी ३ नं. प्रदेश इन्र्चाज अस्टलक्ष्मि शाक्यले महिलाहरु आत्मनिर्भर हुँदा समाज अग्रपन्ति तिर जान्छ र महिला हिंसा पनि कम हुने बताइन् । प्रमुख अतिथी शाक्यले भनिन् महिलाहरु पुरुषमाथी निर्भर रहनुभन्दा आत्मनिर्भर हुनु समाज र देशको लागि एकदमै राम्रो हो र यो कुराको सबैले अनुसरण गर्नुपर्छ । नेकपाकी जिल्ला कमिटी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको थियो । सिग्देलले महिलाहरुले अटो चलाउनु सराहनिय र उदाहरणिय रहेको काम भएकाले यस्तो कामलाई प्रोत्साहन दिनुपर्ने बताइन् ।

कार्यक्रममा विषेश अतिथीको रुपमा कुमारी मुक्तान अतिथीमा रामेश्वर राना, जुनेली श्रेष्ठ, भिम घलान लगायतका नेताहरु थिए । विक्रित हुँदै आवाज उठिरहेका बेला मकवानपुरले भने महिला चालकहरुलाई सम्मान गर्नु एकदमै राम्रो काम हो ।