Bagmati Samachar Logo

बसले स्कुटरलाई ठक्कर दिदा युवतिको मृत्यु

१४ भदौ । काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१ जामुनबारी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे११प ८९७७ नम्बरको स्कुटरलाई सोही दिशाबाट गइरहेको मे१ख ७२०४ नम्बरको सिमोन ट्राभल्स बसले पछाडिबाट ठक्कर दिँदा स्कुटरमा सवार भद्रपुर नगरपालिका–९ की २८ वर्षीया सुजन पोखरेलको मृत्यु भएको छ ।

स्कुटरलाई ठक्कर दिएको बस अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा बसमा सवार १७ यात्रु घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमनाथ अधिकारीले बताए ।

घाइतेहरुको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।