Bagmati Samachar Logo

साफ यू–१५ च्याम्पियनसिप उपाधि भारतलाई, नेपाल ७–० गोलले पराजित

१४ भदौ । काठमाडौं । साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ७–० गोलको अन्तरले पराजित भएको छ । शनिबार कोलकत्तास्थित कल्याणीमा उपाधिको लागि भारत र नेपाल भिडेको थियो ।

खेलको १५औं मिनेटमा भारतका टोन्जब्रामले सुरुवाती गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ४२औं मिनेटमा अमनदिप तथा ४५औं मिनेटमा भिमपोकमनले गोल गर्दै भारतलाई ३–० ले अग्रता दिलाए ।

नेपाल पहिलो हाफअघि नै भारतसंग ३–० गोलले पछि परेको थियो । भारतका नोन्जमेलकपमले खेलको ५२औं मिनेटमा गोल गर्दै भारतलाई ४–० गोलको अग्रता दिलाए । ६५औं मिनेटमा जन्जरले गोल गरे भने ७६औं मिनेटमा नोन्जमेलकपमले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता ६–० बनाए । भारतले अन्तिमसम्म नेपाललाई दबाबमा राख्यो । ८०औं मिनेटमा नोन्जमेलकपमले ह्याट्रिक गर्दै भारतलाई ७–० को जितसहित साफ यू–१५ च्याम्पियनसिपको उपाधि जिताए ।