Swornakshar Logo

खरिदार घुससहित रंगेहात पक्राउ

१२ भदौ । काठकाडौं । मालापोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई १ लाख २० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएको छ । खरिदार पाण्डेले मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा सेवाग्राहीसँग नामसारी र लालपूर्जा बनाइदिने भन्दै घुस लिएका थिए ।

अख्तियारको टोलीले उनीहरूलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।