Swornakshar Logo

हेलिकोप्टरबाट गरियो सुत्केरीको उद्धार

१० भदौ । काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ कि ज्ञाना धामी सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । धामीलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

उनी जिल्ला अस्पतालमा बझाङमा सामान्य सुत्केरी हुन नसक्दा ज्ञानाको अपरेशन गर्नु परेको थियो । अपरेशनपछि पछि पनि रक्तस्राव नरोकिदा चिकित्सकले उनलाई ततकाल थप उपचारको जरुरी भएको बताएपछि हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज लगिएको छ ।

सुत्केरीको उद्दार गर्नेमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, विद्यार्थी नेता प्रविन्द्र धामी, केदार गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष लोकेश भण्डारी, जिल्ला अस्पताल बझाङ प्रमुख र सुरक्षाकर्मी रहेका छन् ।