Swornakshar Logo

पहिलो पटक बस्यो प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक

९ भदौ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलो पटक पार्टी सचिवालय बैठक बसेको छ । पार्टी एकताको १५ महिनापछि पार्टी कार्यालयमा प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले एकताका बाँकि काम पुरा गरेको छ।

सहमतिमा कार्यविभाजन टुङ्ग्यायो । बैठकले पार्टी अनुशासनका विषयमा महत्वपूर्ण निर्णय लियो । सचिवालयको बैठक पहिलोपटक पार्टी कार्यालयमा बस्यो । सचिवालयका एक नेताले भने आज प्रचण्डको अध्यक्षतामा बसेको पहिलो बैठकले केही नयाँ सन्देश दिएको छ।

१. पार्टी कार्यालयमा वैठक
पार्टी एकीकरणको १५ महिनापछि नेकपाको सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालयमा बस्यो । तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ गते पार्टी एकता हुँदा दुवै अध्यक्षले पालैपालो बैठकको अध्यक्षता गर्ने सहमति भएपनि अहिलेसम्म त्यस्तो अवसर नपाएका प्रचण्डले बैठक पार्टी कार्यालयमा बोलाउने निर्णय गरेका थिए । नेकपामा यसअघिका सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थिए । दुई दुई ठाउँमा पार्टी केन्द्रीय कार्यालय रहँदा रहँदै सरकार निवासमा बैठक बस्ने गरेको भन्दै पार्टी भित्रै र बाहिरबाट समेत आलोचना हुँदै आएको थियो ।

पार्टी बैठकहरु प्रधानमन्त्री निवास वालुवाटार र नेताका निवासमै हुन थालेपछि पार्टी कार्यालय पनि सुनसान बनेका थिए । तर, आजको सचिवालय बैठक पार्टी कार्यालयमा गरेर प्रचण्डले आफ्नो पहिलो अध्यक्षतामा बसेको बैठकले नयाँ सन्देश दिएको देखिएको छ । तर, आगामी बैठक पार्टी कार्यालयमा बस्छन् अथजा प्रधानमन्त्री निवास बालुवाटरमा नै । नेकपाले तत्कालिन एमालेको पार्टी कार्यालयलाई केन्द्रीय कार्यालय र तत्कालीन माओवादीको पार्टी कार्यालयलाई जनवर्गीय संगठन, विभागहरुको लागि रहने निर्णय गरेको थियो । धुम्बाराहीमा पार्टी कार्यालयमा यसअघि मंसिर २९ देखि पौष १३ सम्म स्थायी समिति बैठक बसेको थियो ।

२. अनुशासनको विषय प्राथामिकतामा
सचिवालय बैठकले अनुशासनको बिषयमा कठोर निर्णय गरेको छ । आजको बैठकले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरुलाई पार्टीको नीति एवम् नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशित गरेको छ । पार्टीको नीति एवम् नेतृत्वका सम्बन्धमा सार्वजनिक रुपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ । पार्टीको नीति वा नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरुप्रति पार्टी विधान बमोजिम स्पष्टीकरण सोधिने र कार्वाहीको प्रक्रिया अघि बढाइने पनि निर्णय गरेको छ ।

आजको बैठकले नेताहरुका बारेमा असन्तुष्टि भए सार्वजनिक रुपमा राख्न नपाउने र सवै नेता कार्यकर्ता अनुशानमा बस्नुपर्ने निर्णय गरेर अर्को सन्देश दिएको छ ।

३.सहमतिमा निर्णय

सचिवालय बैठक बस्नुपूर्व र अध्यक्ष ओली सिंङ्गापुर प्रस्थान गर्नु अघिनै नेताहरुबीचमा कार्यविभाजनका बाँकी काममा मोटामोटी भागबन्डा भएको थियो । त्यसबाहेक कार्यकारी अध्यक्षको भूमिका पाएपछि प्रचण्डले भदौ १ गतेको बैठकका केही निर्णयबाट असन्तुष्ट बनेका बरिष्ठ नेता माधवकुमार नेपालसँग समेत सहमति गरेर निर्णय गरिएको छ ।
त्यसैगरी पार्टी एकीकरण प्रक्रिया सामेल हुनुभएका ४ जना कमरेडहरुलाई बैठकले केन्द्रीय समितिमा मनोनित गरेको छ । यसरी मनोनित हुनुहुने कमरेडहरुमा देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई रहनुभएको छ । त्यसैगरी बैठकले निम्न कमरेडहरुको जिम्मेवारी केही हेरफेर सहित तोकेको छ ।

जिल्ला सहइन्चार्जहरुः

तिलकुमार मेन्याङबोः ताप्लेजुङ

भगवती चौधरीः सुनसरी

प्रमोदनारायण यादवः सिरहा

हरिनारायण चौधरीः सिरहा

चुडामणि जंगलीः कास्की

दीपक देवकोटाः कैलाली

रामचन्द्र साहः पर्सा इन्चार्ज

बलराम खत्रीः मजदूर विशेष जिल्ला कमिटी सचिव

अन्य जिम्मेवारी

भानुभक्त ढकालः राष्ट्रिय सुरक्षा विभाग प्रमुख

डोरमणि पौडेलः प्रादेशिक मामिला विभाग उपप्रमुख

बेदुराम भुसालः स्कूल विभाग उपप्रमुख

बिष्णु रिजालः विदेश विभाग उपप्रमुख

रामकुमार राईः सुरक्षा विभाग उपप्रमुख

सहकारी विभाग उपप्रमुखः कमल चौलागाई

प्रमेश हमालः नीति अध्ययन प्रतिष्ठान सहसंयोजक

रामकुमारी झाँक्रीः इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज

अमृता थापामगरः महिला संघ सहइन्चार्ज

सीता पौडेलः महिला संघ सहइन्चार्ज

सत्य पहाडीः कर्णाली सम्पर्क कमिटी इन्चार्ज

वीरमान चौधरीः सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज

सुरेश आलेमगरः आदिवासी जनजाति सहइन्चार्ज

शेरवहादुर तामाङःआदिवासी जनजाति सहइन्चार्ज

तिलक परियारः दलित मोर्चा सहइन्चार्ज

बोमवहादुर विकः दलित मोर्चा सहइन्चार्ज

महेश्वर दाहालः प्रेस संगठन सहइन्चार्ज

केदार न्यौपानेः जनसांस्कृतिक महासंघ इन्चार्ज

खगेन्द्र राईः जनसांस्कृति महासंघ सहइन्चार्ज

जीवन घिमिरेः खेलकुद महासंघ सहइन्चार्ज

अजम्बर काङमाङः खेलकुदु महासंघ सहइन्चार्ज

हिक्मत कार्कीः शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज