Swornakshar Logo

महजोडी रवि लामिछाने भेट्न पुगे चितवन

९ भदौ । काठमाडौं । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य चितवन पुगेका छन् । मह जोडि पक्राउ परेका टिभि प्रस्तोता रवि लामिछानेलाई भेट्न चितवन पुगेका हुन् ।

रविलाई भेटेर उनीहरुले नआत्तिन र सत्यको जित हुनेमा ढुक्क रहन आग्रह गरेको बताए । रविलाई कलाकार मदनकृष्ण श्रेष्ठले त भेट्ने बितिकै बधाई दिदै भने ‘तिमिले राम्रो काम गरेको छ भन्ने धेरैलाई थाहा छैन ।

श्रेष्ठले भने रविको अनुहारमा कुनै गल्ती नगरेको मानिस पाएको उनले सुनाए । उनले रविको समर्थनमा आन्दोलनमा रहेका ब्यक्तिलाई समेत सचेत रहन आग्रह गरे । आन्दोलनमा राम्रासँगै नराम्रा व्यक्ति पनि घुसेको हुनसक्ने खतरा रहेको उनले बताए ।

त्यस्तै अर्का कलाकार हरिवंश आचार्यले भने रविको अनुहारमा निर्दोष ब्यक्ति देखिन्छ । आचार्यले भने, यो केशमा केही न केही कानुनी त्रुटि छ । रवि यतिका दिन कस्टडीमा बस्दा समेत उ जस्ताको तस्तै छ । त्यसबाट पनि अनुमान लगाउन सकिन्छ कि यसको केही गल्ती छैन ।

यस बिषयमा सम्पुर्ण अनुसन्धान गरि दोसि पत्ता लगाउन र कारबाहि गर्न आग्रह गरे ।