Swornakshar Logo

प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने देखि बाढी, पहिरो सम्मका कुरा

८ भदौ । हेटांैडा । प्रदेश नम्बर ३ को आजको प्रदेशसभा बैठकमा सांसदहरुले बिशेष समयमा बोल्दै प्रदेश राजधानीको नाम देखि बाढी तथा पहिरो पीडितका कुरा सम्मको कुरा राखेका छन् ।

आजबाट सुरु भएको प्रदेशसभा बैठकमा कांग्रेश सांसद निमा लामाले प्रदेश सभा गठन भएको १८ महिना सम्म बितिसक्दा पनि प्रदेश राजधानीको नाम गर्न नसकिएको मा आपत्ति जनाइन् ।

मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका मन्त्रीले सार्वजनिक रुपमा बोलेका कुरा कार्यान्वयनमा नआएको उनले वताइन् ।

सांसदहरुले बैठकमा सहभागि भएर बाढी, पहिरो पीडितका लागि राहत उपलब्ध गराउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आफ्ना क्षेत्रमा भएको बाढी, पहिरोको पीडा पनि सांसदहरुले सुनाएका छन् ।