Swornakshar Logo

प्रधानमन्त्री बिना प्रचण्डले बोलाए सचिवालय बैठक

८ भदौ । काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि उनको अनुपस्थितिमा पहिलो पटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको बैठक बोलाएका छन् ।
बैठक सोमबार दिउँसो एक बजेको लागि बोलाएका हुन् ।

नौं सदस्यीय नेकपा सचिवालय बैठक पहिलो पटक अध्यक्ष ओलीको अनुपस्थितिमा हुँदैछ । उक्त सचिवालय बैठकमा पार्टीको ६ वटा महानगर कमिटीको अध्यक्ष र सचिव तथा प्रवास कमिटी गठनको एजेण्डामा छलफल हुने बताइएको छ ।

उक्त सचिवालयमा अध्यक्ष दाहालसहित, माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सदस्य छन् ।