Swornakshar Logo

रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारले गरे पत्रकार सम्मेलन

७ भदौ । काठमाडौं । शनिबार राजधानीमा चर्चित कलाकारहरुले टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेका छन् । साथै आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले रवि लामिछानेको रिहाईको माग समेत गरे ।

अन्तरक्रियामा हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले निश्पक्ष र स्वतन्त्रे छानबिनको माग गर्दै भने त्यस्तै पीडाबाट गुज्रिएको व्यक्ति मध्य म पनि एम हुँ । आत्महत्या गर्नेप्रति मेरो समवेदना छ । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुपर्यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । संसार एउटा महाभारत हो । जीवनमा हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । जीवन एक संघर्ष हो । अन्याय हुन्छ भने कानूनको ढोका ढकढकाउनुपर्छ ।

अर्का कलाकार निखिल उप्रेतीले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको बताए । विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने समेत बताए ।

उप्रेतीले भने ‘हामी सत्यको पक्षमा लड्नु पर्छ ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उनले बताए । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले सुनाए ।

उनले थपे, ‘रवि जी चिर–परिचित छन् । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् । कानूनको व्याख्या नै गलत छ भने कानूनले कसरी काम गर्ला र, नेपाली झण्डाको मुनि बसेर काम गरौं । रवि जी लाई मात्रै होईन, यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । अपराध गरेको व्यक्तिलाई डर हुन्छ । हामीले यसको विरोधमा हो लड्नुपर्ने । हामी रवि जी को पक्षमा एकजुट हौं । सत्यको पक्षमा सधैँ लडौ ।

त्यस्तै रवि लामिछाने पक्राउ प्रकरणमा कलाकार रमेश उप्रेतीले छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । उनले भने छिटोभन्दा छिटो छानबिन होस् । निश्पक्ष होस । बिना कुनै दबाब काम गर्न दिईयोस् । यो देशमा अदालत छ । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन् ।’

उनले भने म रवि जी को साथी हो । म रवि लामिछाने स–सम्मान छुट्नुहोस भनेर प्रार्थना गर्न चाहन्छु । तर, यो प्रकरणमा रवि दोषी भए भने उनले पनि सजाय पाउनु पर्छ। उनले थपे, ‘उहाँ पनि कानूनभन्दा माथि हुनुहुन्न ।’ यद्धपी उनले हिरासतभन्दा बाहिर राखेरपनि रवि लामिछानेमाथि छानबिन गर्न सकिनेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए ।

कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वास दिलाए । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राखेका थिए । उनले भने, ‘रविजी निर्दोष हुनुहुन्छ । उहाँले न्याय पाउनुपर्छ ।’