Swornakshar Logo

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान

५ भदौ । काठमाडौं । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्य, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुर प्रस्थान गरेका हुन् ।

अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन ओली पुनः त्यसतर्फ प्रस्थान गरेको ओलीका निजी चिकित्सक डा.दिव्या सिंहले एक विज्ञप्तिमा बताइन् ।

‘प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत अवगत गराउने कुरा समेत सिंहले बताइन्।’ चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने बताइएको छ ।