भारतीय विदेशमन्त्री बसेकै होटलमा पुगे बाबुराम–उपेन्द्र

५ भदौ । काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न उनी बसेकै होटल द्वारिकाजमा पुगेका हुन् ।
दुबै नेता कुटनीतिक मर्यादा उलङ्घन गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरलाई उनी बसेकै होटलमा भेट्न पुगेका हुन् ।
उक्त भेटमा भारतीय विदेशमन्त्रीसंग नेपाल भारतबीचको दुई पक्षीय हित, आपसी चासोलगायतका विषयमा छलफल भएको बताइएको छ ।
नेपाल भारत दुई पक्षीय बैठकमा सहभागी हुन आएका जयशंकर उच्चस्तरीय भेटघाट सकेर आजै अपरान्ह स्वदेश फिर्ता हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस्: