Swornakshar Logo

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

५ भदौ । काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज बिहीबार बिहान पशुपतिनाथको पूजाआजा गरेपछि जयशंकर राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकरले हिजो नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

उनले गएराति नै राजपाका नेतासँग दुई घण्टा कुराकानी गरेका थिए ।

उनले आज पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी आजै दिउँसो तीन बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।