Swornakshar Logo

ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

४ भदौ । काठमाडौं । पोखराको जिरो किलोमिटरमा बुधवार दिउँसो ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । लु१ख ७९९० नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक रफिक खानको मृत्यु भएको हो ।

पोखराको सृजना चोकमा बस्दै आएका खानको घर भारतको मेघापुरमा हो । शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले बताएको छ ।

गम्भीर घाइते भएका खानको मेट्रोसिटी अस्पतालमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषित गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले बताए ।

ट्रक चालक बाग्लुङ धम्जा ७ का ३० वर्षीय उजिरबहादुर खत्रीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी शाहले बताए । चालकसहित ट्रकलाई वडा प्रहरी कार्यालय राखिएको छ ।