Swornakshar Logo

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाने

३ भदौ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिँगापुर जाने भएका छन् । चिकित्सकसँग परामर्श गरेपछि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर जाने तय भएको हो ।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । यसै क्रममा साउन १८ गते सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएर २७ गते उनी स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केपछि आफैंले ‘मेरो स्वास्थ्य ठिक छ’ भन्ने प्रतिक्रिया बाहेक स्वास्थ्यको बारेमा अहिलेसम्म कुनै पनि जानकारी दिएका छैनन् । मंगलरबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।