Swornakshar Logo

आफ्नै श्रीमानको हत्या गर्ने हत्याराबाट घटना सार्बजनिक नर्गन पैसा असुली

२ भदौ । काठमाडौं । भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्कीलाई आफ्नो श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा असुलेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

२०७४ साल माघ २७ गते मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी हत्या गरेको आरोप छ । घटनामा संलग्न अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त घटना लुकाउन अभियुक्तसँग छिमेकी हरिबहादुर लम्सालले तीन लाख मागेको बयानमा उल्लेख गरिएको छ ।

त्यस्तै गरी मुख्य अभियुक्त रम्तेलसँग पूर्णबहादुरकी श्रीमती मीनाले पैसा मागेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । मीनाले रम्तेलसँग रु दुई लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मीनालाई हत्याराबाट पैसा असुल्न सहयोग गरेको आरोप लागेका मध्य स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटी रहेका छन् ।