Swornakshar Logo

नेकपाका जवस र विशेष कमिटीका इन्चार्ज–अध्यक्ष टुङ्ग्यायो सूचीसहित

१ भदौ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालयको बैठकले जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ । साथै संगठनका अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ ।

सञ्चार तर्फको जनवर्गीय संगठनको इन्चार्जमा राजेन्द्र गौतम र सह–इन्चार्जमा ओम शर्मा तोकिएको छ ।

लिलामणि पोखरेल उपत्यका विशेष कमिटी इन्चार्ज, भानुभक्त ढकाल सहइन्चार्ज र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिएको नारायणकाजी श्रेष्ठले बताए ।

युवा तथा विद्यार्थी विशेष कमिटीमा इन्चार्ज माधव ढुंगेल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बराल, मजदुर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइटेल तोकिएका छन् ।

पेशागतमा इन्चार्ज केशव नेपाल, सहइन्चार्ज प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली, उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सह शशी श्रेष्ठ र सचिव चन्द्र रिजाल छन् ।

केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सह डिलाराम आचार्य, झक्कु सुवेदी छन् ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सहइन्चार्ज विनोद श्रेष्ठ, किसानको इन्चार्ज बामदेव गौतम र सहइन्चार्ज सुनिल मानन्धर तोकिएका छन् । किसान महासंघको नयाँ अध्यक्षमा पूर्वमन्त्री हरिप्रसाद पराजुलीलाई प्रस्ताव गरिएको छ ।

महिलाको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोक्का तथा युवामा इन्चार्ज महेश बस्नेत र सहइन्चार्ज रामप्रसाद सापकोटा दिपशीखा छन् । त्यस्तै विद्यार्थीमा इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल, वुद्धिजिवीको इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्की छन् ।

पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिएका छन् ।

नेकपामा अब विभिन्न आयोग र जेष्ठ कम्युनिष्ट मञ्च लगायतको एकता प्रकृया टुंगो लगाउन बाँकी छ ।