झलनाथ खनाल भए नेकपाका बरिष्ठ नेता

१ भदौ । काठमाडौं । नेता झलनाथ खनाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वरीयतामा नेता माधवकुमार नेपालभन्दा अगाडि भएका छन् ।
आइतबार साँझ बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेतामा पहिलो खनाललाई राखेको छ भने दोस्रोमा माधव नेपाललाई राख्ने सहमति भएको पार्टीका प्रचार विभाग प्रमुख नारायकाजी श्रेष्ठले बताए ।
यता वामदेव गौतमले भने अखिल नेपाल किसान महासंघको संयोजक पद छोडेका छन् ।
यसअघि वरिष्ठ नेता नेपालले आफ्नो पक्षका तीनजना नेतालाई उपाध्यक्ष बनाउने भए, नेता खनाललाई आफूभन्दा माथि राख्न भने ।
नेपालले अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
बामदेव गौतमलाई भने यसअघिको सचिवालय बैठकले उपाध्यक्षमा सिफारिस गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्: