Swornakshar Logo

आगामी चुनावपछि मलाई पदमा बस्न मन छैनः प्रधानमन्त्री ओली

१ भदौ । काठमाडौं । आगामी निर्वाचन पछि आफूलाई पदमा बस्न मन नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

यो दुनियामा कसैको पद पनि स्थायी नरहने भन्दै ओलीले आगामी चुनावपछि आफूलाई पनि पदमा बस्न मन नभएको भन्दै आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री लगलग कामिरहेका छन् अब जाने भो भन्ने हल्ला सुन्दै आएको छुँ, उनले थपे मैले यो दुनियामा ‘पद नगएको मान्छे कोही पनि देखेको छैन । राजा, महाराजा हर कोहीको पद गएको छ, त्यसैले आगामी चुनावपछि मलाई पनि पदमा बसिराख्न मन छैन ।’

यस सरकारलाई कसैले केही गर्न नसक्ने पनि बताएका छन् । विरोधीहरुलाई अर्को चुनावसम्म धैर्य गर्न पनि आग्रह गरे ।