Swornakshar Logo

शिल्पा पोखरेललाई सर्वोच्चले तत्काल पक्राउ नगर्न दियो अन्तरिम आदेश

१ भदौ । काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । उक्त अन्तरिम आदेश प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले दिएको हो ।

प्रधानन्याधीश जबराको एकल इजलासले आइतबार छोटो समयको लागि जिल्लाको पक्राउ पुर्जी बदर गर्दै सो आदेश दिएको हो ।

केही दिनअघि बहुविवाह मुद्दा दायर भएपछि शिल्पा र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

बचाउको लागि शिल्पा निषेधाज्ञा मुद्दा लिएर उच्च अदालत पाटन पनि पुगेकी थिइन् । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी साउन २९ मा उनी सर्वोच्च पुगेकी थिइन् ।