प्रेमिकाको कोठामा गएर प्रहरीले गरे आत्महत्या

१ भदौ । काठमाडौं । प्रहरी जवान शंकर ठगुन्नाले स्वयम्भूको ठूलोभर्याङ स्थित एक घरमा झुन्डिएर आत्महत्या गरेका छन् ।
उनले प्रेमिकाको कोठामा गएर आत्महत्या गरेको प्रहरीले खुलासा गरेको छ।
शंकरले सलको पासो लगाएर झ्यालको रडमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान हुन् ।
प्रेमिकाको घरमा किन आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान भाइरहेको प्रहरीको भनाइ छ् । उनको शब आइतबार बिहान झुन्डिएको अवस्थामा फेला परेको हो ।
प्रतिक्रिया दिनुहोस्: