Bagmati Samachar Logo

५ नं. प्रदेशका प्रमुख सचेतक ढकालको घरमा बम विस्फोट

३१ साउन । काठमाडौं । ५ नं. प्रदेशको प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम विस्फोट भएको छ ।

ढकालको घरमा गएराति तीनवटा पेट्रोल बम प्रहार भएको जनाइएको छ । बमबाट उनले प्रयोग गदै आएको गाडीमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । ढकाल भने विरामीका कारण केहि दिन देखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

सैनामैना–८ रामापुर कलौनीमा रहेको उनको घरमा पत्नी, बुबाआमालगायत परिवारका सदस्य छन्।

ढकाल सुत्ने कोठामा बम प्रहार भएपनि बिस्फोट नभएकाले कुनै मानवीय क्षति हुन पाएन । उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ।