Swornakshar Logo

हेटौँडामा बस दुर्घटना हुदा एक जनाको मृत्यु, १५ घाइते

३१ साउन । काठमाडौं । शुक्रबार बिहान झण्डै साढे २ बजे काठमाण्डौबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस हेटौँडा उपमहानगरपालिका– १९ नेवार पानीमा बस अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

दुर्घटनामा परि एक जनाको मृत्यु भएको र १५ जना घाइते भएको समेत सिंहले बताए ।

मृत्यु हुनेमा सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका– ५ का ५८ वर्षीय मुकेश शर्मा रहेको प्रहरी उपरीक्षक सिंहले बताए ।

घाइतेमध्ये ८ जना हेटौँडाको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको, चार जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको र अन्य तीन जनाको चुरेहिल अस्पतालमा नै उपचार भैरहेको प्रहरीले बताएको छ ।