Swornakshar Logo

कालिकोटमा मुख्यमन्त्रीलाई लक्षित गर्दै बम विस्फोट

२९ साउन । काठमाडौं । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा कार्यक्रममा सहभागी हुन पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै कालिकोटमा बम विस्फोट भएको छ ।

अज्ञात समूहले मन्त्रीलाई लक्षित गर्दै कार्यक्रम स्थलनजिकको जंगलमा बम विस्फोट गराएको हो ।

बमले कुनै क्षति नगरेको र उक्त बम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले विस्फोट गराएको हुन सक्ने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले बताए ।

विस्फोट गराउने समूहमाथि खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।