Swornakshar Logo

एकाविहानै विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा शक्तिशाली विष्फोट

२७ साउन । झापा । झापाको विर्तामोड नगरपालिका–७, ८ र ९ को संयुक्त वडा कार्यालयमा आज विहानै शक्तिशाली बम विष्फोट भएको छ ।

तीन वटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको स्थानीयले जानकारी दिएका छन् ।

विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल पुगेको छ ।

बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ । यद्यपि वडा कार्यालयहरुमा विप्लव समूहले लक्षित गर्दै आगजनी र विष्फोट गराउँदै आएको छ ।

यसअघि रामेछापको मेलम्ची नगरपालिकाको १० नम्बर वडा कार्यालयमा पनि आगजनी भएको थियो । आइतबार रातिमात्रै दाङको बंगलाचुली गाउँपालिका र कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष चढ्ने गाडीहरुमा आगजनी भएको थियो ।