भोजपुरबाट विराटनगर गइरहेको बस पल्टियो, सात जना घाइते
२६ साउन । भोजपुर । भोजपुरबाट विराटनगर गइरहेको यात्रुवाहक बस पल्टिँदा सात जना घाइते भएका छन् ।
मे १ ख ३१६४ नम्बरको गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत गुप्तेश्वर र सिद्धेश्वर सिमाना चप्पिरे खोलानजिकै पल्टेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।
घुम्ती काट्ने क्रममा बस भित्तामा ठोक्किएर पल्टिएको राजवंशीले बताए । दुर्घटनामा परि घाइते भएका ७ जनालाई जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा झापा हल्दिवारी ५का वर्ष ३० का सहचालक अर्जुन लिम्बू र भोजपुर नगरपालिका –३ की २२ वर्षीय संगिता प्रधान रहेकी छिन् । उनीहरुको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेहरुमा भोजपुर नगरपालिका–३, का २४ वर्षीया मनीषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै इलाम घर भएका बस धनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीय गंगादेवी राई मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र इलाम घर भएका चालक सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा १२ जना यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस्: