Swornakshar Logo

बाघको छालासहित सशस्त्र प्रहरीका जवान पक्राउ

२५ साउन । काठमाडौं । दार्चुलामा बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुहु गाउँपालिका २ हिकिलाका २९ वर्षीय दीपक बडाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बडाल ५० नम्बर गुल्म सशस्त्र प्रहरी कार्यालय दार्चुलामा प्रहरी जवान पदमा कार्यरत छन्। शुक्रबार बेलुकी ६ बजेतिर ब्रह्मदेब प्रहरी चौकीबाट खटी आएको टोलीले दुहु गाउँपालिकाको तिमुरपाटामा जाँचका क्रममा साथमा रहेको झोला चेक गर्दा चरी बाघको छालासहित उनलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक रविन्द्र कठायतले जानकारी दिए।

जाँचको क्रममा बडालबाट ३९ इन्च लम्बाई र १० इन्च चौडाई भएको चरी बाघको छाला बरामद गरिएको कठायतले बताए । प्रहरीले आवश्यक थप कार्बाहीका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई बुझाइने जनाएको छ।