ताजा अपडेट
राजनीति

प्रदेश ३ को राजधानी काठमाडौंमा राख्न दिन्नः मुख्यमन्त्री पौडेल

प्रदेश ३ को राजधानी काठमाडौंमा राख्न दिन्नः मुख्यमन्त्री पौडेल

२३ साउन । काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी कुनैपनि अवस्थामा काठमाडौंमा बनाउन नदिने बताएका छन् ।

मुख्यमन्त्री भएको डेढ वर्षपछि संघीय राजधानीका सञ्चारमाध्यमका प्रतिनिधिलाई बोलाएर पौडेलले यस्तो बताएका हुन् ।
प्रदेशले हालसम्म गरेका कामको बारेमा जानकारी दिन बोलाएर मुख्यमन्त्री पौडेलले आफ्नो प्रदेशको राजधानी कुनै पनि हालतमा केन्द्र सरकारको छायामा राख्न नदिने बताए ।

प्रदेशको नाम र राजधानी एकै दिन र त्यो पनि चाँडै टुंगो लगाउने बताएका मुख्यमन्त्रीले शिक्षा स्वास्थ्यमा आफूले गरेको प्रगतिदेखि सामूहिक कृषि प्रणालीसम्ममा पाएका सफलताबारे जानकारी पनि गराए ।

आफू हेटौंडामै प्रदेश राजधानी हुनुपर्छ भन्ने पक्षमा अडिग नरहेको बताएका पौडेलले भने, ‘केन्द्रको छायामा पर्ने काठमाडौंमा कुनै हालतमा हुन्न तर यसको मतलव हेटौंडामै हुनुपर्छ भन्ने पनि होइन ।’

आफू संविधानले दिएको अधिकार प्रयोग गर्नमा कुनै हालतमा पछि नपर्ने बताउँदै उनले संघीयताविरुद्ध बोल्ने हैसियत प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मलाई नभएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…