Swornakshar Logo

सामसुङले सार्वजनिक ग-यो दुई स्मार्टफोन, सुरुवाती मूल्य कति छ ?

काठमाडौं । सामसुङले न्यूयोर्कमा एक कार्यक्रमको आयोजना गरी एक साथ दुई ग्यालेक्सी नोट १० सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट १० मा ६.३ इन्चको स्क्रिन दिइएको छ, भने ग्यालेक्सी नोट १० प्लसमा ६.८ इन्चको स्क्रिन दिइएको छ । भर्खरै सार्वजनिक भएको ‘सामसुङ ग्यालेक्सी नोट १०’ र ‘ग्यालेक्सी नोट १०प्लस’मा धेरै एडभान्स फिचर्सहरु उपलब्ध गराइएको छ ।

यी दुई स्मार्टफोनमा डिस्प्ले, ब्याट्री साइज, -याम र स्टोरेजमो तुलनामा फरक छन् । ग्यालेक्सी नोट १० मा २२८०एक्स१०८० पिक्सल ४०१ पीपीआई डिस्प्ले दिइएको छ । त्यसोत, ग्यालेक्सी नोट १० प्लसमा ४९८ पीपीआई ३०४०एक्स१४४० पिक्स रिसोलुसन डिस्प्ले दिइएको छ ।

दुवै स्मार्टफोनमा डाइनामिक एमोलेड प्यानल्स छ र दुवैमा डाइनामिक टोन म्यापिङ र एचडिआर १० प्लसको सपोर्ट दिइएको छ । ग्यालेक्सी नोट १० मा ८ जीबी -याम र २५६ जीबी स्टोरेज एलटिई भेरियन्टमा अन्तर्राष्ट्रिय बजारमा आउने बताइएको छ । तर सामसुङको होम मार्केटकमा .फाइभ जी भेरियन्टमा आउनेछ । ग्यालेक्सी नोट १० मा तीन माइक्रो एसडी कार्डको सपोर्ट हुनेछैन ।

यता ग्यालेक्सी नोट १० प्लसमा १२ जीबी ३ -यामको साथमा २५६ जीबी र ५१२ जीबी स्टोरेजको अप्शन दिइएको छ । साथै यस फोनमा मेमोरी कार्डको सहायताले स्टोरेजलाई १ बीटीसम्म बढाउन सकिनेछ । यसलाई पनि फाइभ जी भेरियन्टमै साउथ कोरियाको बजारहरुमा आउने बताइएको छ ।

यी दुवै फोनको बिक्री ओरो ग्लो, ओरो ह्वाइट र ओरो ब्ल्याक कलरमा गरिनेछ । ग्यालेक्सी नोट १०को सुरुवाती मूल्य ९४९ अमेरिकी डलर र ग्यालेक्सी नोट टेन प्लसको मूल्य १,०९९ अमेरिकी डलर राखिएको छ । अमेरिकामा यी दुवै फोनको २३ अगष्टबाट विक्री सुरु गरिनेछ ।