Swornakshar Logo

सुबिसु सेवा एक घण्टाभित्र सूचारु हुने

कठमाडौं– इन्टरनेट र केवुल टेलिभिजनको सेवा प्रदायक कम्पनी सुबिसुमा बुधबार लागेको आगो नियन्त्रणमा आएको छ । सुविसुको बालुवाटारस्थित मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो १२ बजेतिरबाट सुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्रको पहलमा करिव साढे १ बजेतिर नियन्त्रणमा आएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले दमकलका सहायतामा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको सुविसु केवुल नेटवर्क प्रालिका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । उनले बालुवाटार बाहेक अन्य क्षेत्रमा आगलागीका कारण अवरुद्ध भएका सबै सेवा एकघण्टा भित्र सूचारु हुने र बालुवाटारको हकमा भने भोली बिहानसम्म सबै सेवा सूचारु गराउने गरी काम सुरु गरिएको पनि जानकारी दिए । 

सुविसुले अहिले सबै सेवा सञ्चालनको काम थापाथलीस्थित कार्यालयबाट भइरहेको पनि जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन अझै केही समय लाग्ने पनि अध्यक्ष पराजुलीले बताए ।