Swornakshar Logo

चितवनमा ३१ जनामा डेङ्गु सङ्क्रमण

चितवन – चितवन जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ ।

गएकाे आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा ३१ जनामा सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये १५ जना चितवनका र अन्य बाहिर जिल्लाका हुन् । चितवनकामध्ये भरतपुर महानगरपालिका–१, २, ३, १० र ११ का बासिन्दामा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो ।

ती क्षेत्रमा बढी सङ्ख्यामा गाडी मर्मत गर्ने वर्कशपहरु भएकाे र लामो समयसम्म पानी जम्ने भएकाले त्यस्तो स्थान डेङ्गुका  हिसाबले जोखिममा रहेको उहाँले बताउनुभयो ।

एजेप्टाई र डिस एल्बोमेक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग रत्ननगर र राप्ती नगरपालिकामा पनि देखिएको उहाँले जानकारी दिनुभयो ।