हेटौंडामा ५० हजार रुपैयाँ घुससहित अधिकृत पक्राउ
१९ साउन । मकवानपुर । अख्तियार दुरुपयोेग अनुसंधान आयोग हेटौंडाले ५० हजार रुपैयाँ घुस रकमसहित एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।
प्रदेश नम्बर ३ को उद्योग, वाणिज्य, तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडामा कार्यरत आठौँ तहका अधिकृत अचन्दन कुमार अमात्यलाई नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरिएको हो ।
उद्योग दर्ताको लागि आईई प्रतिवेदन स्वीकृतिका गराइदिन ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोेग अनुसंधान आयोगको हेटौंडा कार्यालयका सुचना अधिकारी देव कुमार राईले बताए।
प्रतिक्रिया दिनुहोस्: