Swornakshar Logo

जुवाडे श्रीमानले श्रीमतिलाई दाउमा लगाए, हारेपछि सामूहिक बलात्कार


१८ साउन । काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा एक जनाले आाफ्नी श्रीमति जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ ।

जुवामा हारेका ती श्रीमानले श्रीमतिलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर एफआईआर दर्ता गरेको छ ।

जोनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका एक जना जड्याहा पतिले जुवा खेल्दा पैसा हारेपछि श्रीमतिलाई दाउमा लगाएका थिए । हारेपछि उनका साथीले ती महिलासँग सामूहिक बलात्कार गरे ।

त्यसपछि उनकी ती महिलाले प्रहरीमा उजुरी गरिन् तर प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितले बताइन् । त्यसपछि महिला अपमानित भएर माइती गएकी थिइन् ।

त्यसपछि ती महिलाका श्रीमान पनि ससुराली गए र अबदेखि यस्तो नगर्ने शर्तमा श्रीमतिलाई लिएर घर फर्किए । घर फर्कने क्रममा फेरि बीच बाटोमै गाडी रोकेर उनका श्रीमानले साथीहरु अरुण र अनिललाई पनि त्यही गाडीमा चढाए । फेरि पनि ती दुवै जनाले जुवामा हारेको कारण ती महिलाको बलात्कार गरे ।