Swornakshar Logo

पिङ्ग खेल्दा डोरी बेरिएर बालिकाको मृत्यु

१८ साउन । काठमाडौं । गुल्मीमा पिङ्ग खेल्ने डोरी घाटिमा बेरिएर एक बालिकाको मृत्यु भएको छ ।

चन्द्रकोट गाउँपालिका–२ भिरखानी निवासी ८ वर्षीया सन्ध्या परियारको मृत्यु भएको हो ।

अभिभावकले खेल्नका लागि घरमै बनाइएको पिङ्गको डोरी घाँटीमा बेरिँदा बालिका गम्भीर घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी कार्यालय प्रमुख एसपी दिपककुमार बस्नेतले बताए ।

बालिकाको शवलाई पोष्टमार्टमका लागि शनिवार विहान सदरमुकाम तम्घास ल्याइएको छ ।