कपिलवस्तुमा नयाँ शक्तिका नेतामाथि गोली प्रहार
१६ साउन । काठमाडौं । कपिलवस्तुमा बिहीबार दिउँसो एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ ।
कपिलवस्तु प्रहरीका अनुसार शुद्धोधन गाउँपालिकाका रामनयन यादवमाथि मोटरसाइकलमा आएर गोली प्रहार गरेको बताएका छन् ।
वडा नं ५ देवपुर स्थायी घर भएका यादवमाथि जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं ३ स्थित सुसरिया पुल नजिकै दिउँसो १ बजेतिर गोली प्रहार भएको हो ।
कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शम्शेर जवराले दिएको जानकारी अनुसार उनको हातमा गोली लागेको छ । दुई जनाले प्लपर मोटरसाईलमा आएर गोली प्रहार गरेको प्रहरीलाई घाइतेले बताएका छन् ।
यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए । देब्रे पाखुरामा गोली लागेका उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको देव्रे हातको कुहिनो गोली लागेकोबताएको छ ।
प्रतिक्रिया दिनुहोस्: