Swornakshar Logo

फेवातालमा अपरिचित शव फेला पर्यो

१६ साउन । काठमाडौं । फेवातालमा एक अधवैशे पुरुषको शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले करिब ३५ वर्षीय अधवैशेको शव फेला परेको कुरा बताए ।

मृतकको कुनै पहिचान खुल्न नसकेको उनले बताए । ‘मृतकको सबै पहिचान त खुल्न सकेको छैन,’ उनले भने, ‘तर, नेपाली मुलको नै हुनुहुन्छ । प्रहरीले अनुसन्धान गरिरहेको कुरा समेत बताए ।

लेकसाइडको खहरे क्षेत्रमा शव फेला परेको उनले बताए ।