Swornakshar Logo

पाँचथरमा जंगली च्याउ खाँदा बुहारीको ज्यान गयो, सासू बिरामी

साउन १४ । काठमाडौं । जंगली च्याउ खाँदा पाँचथरमा एक जनाको ज्यान गएको छ । जंगली च्याउ खाँदा ४८ वर्षीया सुनिता चेम्जोङको ज्यान गएको हो । उनी फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी हुन् ।

यहि साउन ७ गते जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी हुदा विराटनगरको नर्सिङ होममा उपचारको क्रममा मंगलबार ज्यान गएको फाल्गुनन्द गाउँपालिका–५ का वडाध्यक्ष अबिन्द्र चेम्जोङले बताए ।

जंगली च्याउ खाँदा सुनिताकी ७० वर्षीया सासू सन्चमाया चेम्जोङ बिरामी परेकी छिन् । उनको बिर्तामोडको मनमोहन अस्पतालमा उपचार भैरहेको छ ।