Swornakshar Logo

हृदयघातका कारण साहित्यकार अप्सराको निधन

१३ साउन । हेटौंडा । मकवानपुरकी चर्चित साहित्यकार तथा शिक्षा क्षेत्रमा क्रियाशील अप्सरा तिम्सिनाको गएराति निधन भएको छ ।

एक हप्ता अघि घरको बाथरुममा लडेर समान्य चोट पटक लागेको थियो । पछि उनलाई जरो आउने तथा जिउ गल्ने समस्या भएपछि उपचारको लागि भरतपुर लगिएको थियो ।
अपस्पतालमा उपचार गराई हेटौंडा फर्किने क्रममा हृदयघातका कारण आइतबार राति निधन भएको हो । महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष तथा लोकप्रिय साहित्यक संस्था साहित्य संगम मकवानपुरकी उपाध्यक्ष भइसकेकी उनी विगत लामो समयदेखि मकवानपुरमा साहित्य तथा शिक्षा सेवामा क्रियाशील थिइन । वि.सं.२०३२ साल ओखलढुंगामा जन्मिएकी तिम्सिना हाल हेटौंडामा आफ्नो परिवारको साथमा रहँदै आएकी थिइन् ।

तिम्सिनाले केही समयअघि अभ्यन्तर कथा संग्रह सार्वजनिक गरेकी थिइन् । यसअघि नै उनको एउटा कविता संग्रह पनि प्रकाशित छ ।

उनको निधनले मकवानपुरको मात्र नभएर देशको साहित्यमा ठुलो क्षति पुगेको साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिइ हेटौंडास्थित राप्ती किनारमा दाहासंस्कार गरिएको छ ।

उनको अन्त्यष्टिका लागि आफन्त, शिक्षा र साहित्य क्षेत्रका व्यक्तित्व, उनका अन्य साथीभाईका साथै उनका विद्यार्थीहरु र ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि राप्ती किनारमा थिए ।

जागर मिडिया तथा खबरसाइड डटकमपरिवारको तर्फबाट साहित्यकार अप्सरा तिम्सिना प्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवाजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ ।