Swornakshar Logo

दिलिप सिंह विष्टको डीएनए परीक्षण नमिल्दा दोषी किटान गर्न सकिएनः गृहमन्त्री

१३ साउन । काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले एक वर्षअघि कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई चाँडै पत्ता लगाउने बताएका छन् ।

गृहमन्त्री थापाले भने, ‘निर्मलाका दोषी दिलिप विष्ट नै हुन सक्ने भनेर धेरैले भनेका छन्, बयान पनि त्यस्तै छ । तर विष्टको डीएनए नमिले पछी समस्या भएको बताए

गृहमन्त्री थापाले निर्मलाका हत्यारा पत्ता लगाउन सयौंमाथि छानबिन र निगरानी बढाउँदै सोधपुछ गरिरहेको भन्दै प्रमाणहरु सुरक्षाकर्मीले जुटाए पनि डीएनए परीक्षण म्याच नभएपछि समस्या भएको बताए ।

अनुसन्धानका सबै प्रक्रिया र रणनीतिलाई बाहिर ल्याउन मिल्दैन,’ गृहमन्त्री थापाले भने, ‘दोषी पत्ता लगाउन एक–दुई हप्ता र महिना लाग्न सक्छ भन्दिनँ ।’

‘निर्मला हत्या काण्डमा मुछिएका हाई प्रोफाइललाई जोगाउने उद्देश्य छैन ।
गृहमन्त्री थापाले भने अपराध अनुसन्धानको फरक रणनीति अपनाइएको भन्दै बाहिर सार्वजनिक गर्न नमिल्ने र समिति सचिवालयलाई प्रतिवेदन समिति सचिवालयमा गोप्य राख्न अनुरोध गरे ।

त्यस्तै, बैठकमा गृहमन्त्री थापाले गत वर्ष १५ साउन २०७५ मा सांसद निरुदेवी पाललाई पेस्तोल ताकेर मार्ने धम्की दिने व्यक्तिको खोजी भइरहेको बताए ।

उनले भने, ‘सांसद पालमाथि पेस्तोल ताक्नेको स्केच बनाएर प्रहरीले दोषी पत्ता लगाउन खोजेको छ ।’

सांसद पालले तत्कालीन कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ समितिमा चलिरहँदा आफूलाई संवैधानिक परिषद्ले गरेको सिफारिसअनुसार जोशीको नाम अनुमोदन नगरे ठीक नहुने भन्दै चेतावनी दिएको बताएकी थिइन् ।

सोही घटनाको भोलिपल्ट सरकारले समितिका सबै सदस्यका लागि व्यक्तिगत सुरक्षा अधिकारीको व्यवस्था गरेका थिए । तर, सांसद पालले भनेबमोजिम उनको निवास क्षेत्रबाट केही युवालाई बाटो, घर र पसलबाट उठाएर केराकार गरिएको थियो ।

सांसद पालले ‘फेक इन्फर्मेसन’ दिएको आशंकामा प्रहरीले सो घटनाको दोषी खोज्न निष्क्रियता नै देखाएको थियो ।

सांसद पालको सो दाबी नै अस्पष्ट र शंकास्पद भएको भनी प्रहरी अधिकारीको विश्लेषण बाहिरिएको थियो । पालले पब्लिसिटी स्टन्टका रुपमा सो घटनाको कथा बुनेको धेरैले आशंका गरेका छन् ।