१२ वर्षपछि समातिए अभियुक्त, टीकाटालोपछि बिहे गर्न नमान्दा हत्या

१२ साउन । काठमाडौं । काभ्रे आम्बोटेका राजेश लामो १२ वर्षअघि मकवानपुरकी सुनिता लामाको हत्या गरी फरार रहेका थिए।
मकवानपुरकी सुनिता लामालाई ललितपुरको ईमाडोलमा १२ वर्ष अघि धारीलो हतियार प्रयोग गरी विभत्स हत्या गरी फरार राजेश लामालाई प्रहरीले गत साउन १० गते ललितपुरस्थित सानेपाबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले अनुसन्धानको क्रममा सुनिता लामाको हत्यामा संलग्न राजेशलाई १२ वर्षपछि पक्राउ गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
व्यूरोका निर्देशक डिआईजी निरजबहादुर शाहीले पक्राउ परेका लामाले आफूसँग विवाहका लागि टिकाटालो समेत गरेकी सुनिताले अन्तिममा आएर विवाह नगर्ने भनेपछि आफूले हत्या गरेको बयान दिएको जानकारी दिए ।
विवाह हुने मितिभन्दा अघिल्लो दिन २०६४ साल मंसीर २७ गते विवाह नगर्ने जवाफ सुनिताबाट आएपछि राजेशले आफूलाई बेइज्जत भएको महसुश गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
प्रतिक्रिया दिनुहोस्: