Swornakshar Logo

हेटौंडा–काठमाण्डौं सडक सञ्चालनमा आयो

५ साउन । हेटौंडा । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक मार्ग आज देखि पूर्णरुपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवापनुर, स्थानीय गाउँपालिका लगायतकाको प्रयासमा दश दिन पछी छोटो दुरीको मार्ग सञ्चालनमा आएको हो ।
भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्गका सबै पहिरो पन्छाएपछी सडकबाट साना सवारीका साधनहरु सञ्चालन हुन थालेका छन् ।

इन्द्रसरोवर गाउँपालिका अन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । पानी पर्ने क्रम जारी नै रहेकाले सजगतासहित बाटो सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउए । ‘‘फेरि पनि पहिरो जान सक्छ, हामीले त्यसका लागि पनि सावधानी अपनाएका छौँ, त्यसका लागि केही डोजर तयारी अवस्थामा छन’’, उनले भने । पहिरोका कारण यो मार्ग अवरुद्ध हुँदा लामो मार्गका रुपमा रहेको त्रिभुवन राजपथको सडक खण्डबाट सवारी आवतजावत गरिरहेका थिए ।