Swornakshar Logo

धनगढीमा विष्फोट, ५ जना घाइते

२ साउन । धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा ४ मा शंकास्पद बस्तु विष्फोट हुंदा ५ जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका ४ मा भएको विष्फोटनमा परी घाइते भएका हरुको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिए । धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा विस्फोट हुँदा पाँच जना गम्भीर घाईते भएको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले जानकारी दिए। घाईतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी नीरिक्षक पन्तले जानकारी दिए। विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। घटना स्थलबाट एकथान पेस्तोल बरामद भएको कैलालीका एसपी सुदिप गिरीले बताए । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।