Swornakshar Logo

हेटौँडाका चार सरकारी कार्यालयमा मन्त्री दुलालको छड्के

 प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बिहीबार मातहतका ४ वटा सरकारी कार्यालयको आकस्मिक छड्के अनुगमन गर्नुभएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा र स्वाथ्यसम्बन्धी चार कार्यालयमा अनुगमन गरिएकाे थियो । अनुगमनका क्रममा धेरैजसो सरकारी कार्यालयमा कर्मचारी उपस्थित थिए भने केही कार्यालयमा थोरै मात्र कर्मचारी हाजिर भएका थिए । अनुगमनका क्रममा  कार्यालय नआउने कर्मचारीको हाजिरीमा रातो चिन्ह लगाइएकाे थियाे ।

बिहीबार  बिहान १० बजेर १५ मिनेटमा प्रदेश शिक्षा निर्देशनालयमा छड्के अनुगमनमा पुग्दा दुई जना कार्यालय सहयोगी र एक जना अधिकृत मात्र भेटिएका थि‍ए । त्यसैगरी मन्त्री दुलालले ११ बजे नारायणी अञ्चल आयुर्वेदिक औषधालय, साढे ११ बजे स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को कार्यालय हेटौँडामा अनुगमन गर्नुभएको थियाे । अनुगमनका क्रममा स्वास्थ्य निर्देशनालयमा ३२ जनाको दरबन्दीमा कर्मचारी समायोजनपछि पनि धेरै कर्मचारी हाजिर हुनै नआइसकेको पाइएको छ । 

मन्त्री दुलालले अनुगमनमा पुग्नेबित्तिकै सबै हाजिर रजिष्टर हेरेर नआउने कर्मचारीको हाजिरीमा रेजा लगाउँदै नियमित आउनका लागि निर्देशन समेतदिनुभएको छ ।